माण्डु हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि जारी गरेको सेयर आज साउन २१ गते बाँडफाँट सम्पन्न भएको हो ।

कम्पनीको आईपीओ धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयमा बाँडफाँट भएको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेकाहरुका लागि कुल १ लाख ३६ हजार ३६४ कित्ता आईपीओ बिक्री खुला गरिएको थियो। जसमा १० कित्तादेखि १ हजार ५०० कित्तासम्म आवेदन दिने १३ हजार ६३६ आवेदकलाई १० कित्ता र २० कित्तादेखि १ हजार ५०० कित्तासम्म आवेदन दिने ५ हजार ६६५ जनामध्ये गोलाप्रथाबाट ४ जनालाई थप ४ कित्ता गरी जम्मा १ लाख ३६ हजार ३६४ कित्ता सेयर बाँडफाँट गरिएको प्रभु क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओको नतिजा प्रभु क्यापिटलको वेबसाइट https://results.prabhucapital.com तथा सीडीएससीको वेबसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स