नेप्सेमा दुई लघुवित्तको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई लघुवित्तको सेयर सूचीकृत भएको छ । आइतबार विजय लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्तको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

साविकको विजय लघुवित्त वित्तीय संस्था र नयाँ सारथी लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत भएको हो । मर्जर पश्चात विजय लघुवित्त वित्तीय संस्थाको नाममा ३६ लाख १० हजार ४०३.५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि विजय लघुवित्तलाई प्रतिकित्ता ७०३.५५ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। सोही रेन्जमा रहेर कम्पनीको सेयर भोलि सोमबारदेखि कारोबारमा आउने छ । लघुवित्तको सेयरलाई नेप्सले ‘भिएबिएस’ कारोबार संकेत प्रदान गरेको छ ।

लघुवित्त संचालक समितिको साउन २१ गतेको निर्णय अनुसार विजय लघुवित्त वित्तीय संस्थाको नामा सूचीकरण भई मर्जर प्रयोजनको लागि रोक्का रहेको सेयर कारोबार पनि फुकुवा गरेको नेप्सेले जनाएको छ ।

त्यस्तै, साविकको साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्था मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत भएको छ । मर्जर पश्चात साना किसान लघुवित्त वित्तीय संस्थाको नाममा १ करोड ३६ लाख ४ हजार ५६९.३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

नेप्सेले मर्जरपछिको पहिलो कारोबारका लागि प्रतिकित्ता ८४८.३६ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ। लघुवित्तको सेयरलाई नेप्सले ‘एसकेबीबीएल’ कारोबार संकेत प्रदान गरेको छ ।

दुबै लघुवित्तले मर्जर पश्चात असार २४ गतेदेखि एकीकृत कारोबार थाल्ने भएपछि १५ दिन सेयर कारोबार रोक्का गरेको थियो । मर्जर पश्चात कायम सेयर नेप्सेमा सूचीकृत भएपछि भोलि सोमबारदेखि नै लघुवित्तको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

 

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स