साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।

आइतबार, नेप्से परिसूचक ३८.३७ अंकले घटेर २०५१.४७ अंक विन्दुमा आइपुगेको छ ।

आज ८० लाख ७ हजारको कित्ता सेयर २ अर्ब ६८ करोड ७१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सानिमा बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ६९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एभरेष्ट बैंकको १२ करोड २१ लाख, एनआईसी एसियाको ११ करोड १२ लाख, शिवम् सिमेन्ट्सको ९ करोड ८८ लाख, ग्लोबल आईएमई बैंकको ८ करोड ५५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स