नेष्डो समृद्ध लघुवित्तद्वारा लाभांशमा संशोधन, अब नगद मात्र बाँड्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८/७९को प्रस्तावित लाभांशमा संशोधन गरेको छ।

लघुवित्तको साउन २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर सहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रताव गरेको हो । राष्ट्र बैंकले स्विकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

यसअघि गत वर्ष चैत १० गते संस्थाले ५० प्रतिशत बोनस सेयर र २३.६८ प्रतिशत नगद लाभांश गरि कुल ७३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो। तर, राष्ट्र बैंकले गत वैशाख ४ गते नेष्डो समृद्ध लघुवित्तको प्रस्तावित लाभांश घटाएर १७.९३४२ प्रतिशतमात्रै लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको थियो।

त्यसपछि नेष्डो समृद्ध लघुवित्तले आफुले प्रस्ताव गरे बमोजिम पुरै लाभांश वितरण गर्न पाउनु पर्ने माग गर्दै कम्पनीले राष्ट्र बैंकलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा हालेको थियो । तर सर्वोच्चले गत जेठ २४ गते लाभांशसम्बन्धी रिटमा अन्तरिम आदेश नदिएपछि कम्पनीले मुद्दा फिर्ता लिएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स