दुई कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ३ अंकले बढेर २०८९.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज ५१ लाख ३० हजारको कित्ता सेयर १ अर्ब ७८ करोड १९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३० वटा कम्पनीको घटेको छ भने १२ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको सेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ को ७.८८%, अभियान लघुवित्तको ७.२३%, सीईडीबी हाइड्रोपावरको ६.४४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, प्रोग्रेशिभ फाइनान्सको ५.१९%, गणपति लघुवित्तको ४.१६%, कामना सेवा विकास बैंकको ४%, नेपाल इन्भेष्टमेन्ट डिभेन्चरको ३.९५% , गुडवील फाइनान्सको ३.८५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स