नेप्सेमा एक इन्स्योरेन्ससहित दुई कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक इन्स्योरेन्ससहित दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार आईएमई लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल रिपब्लिक मिडिया लिमिटेडको सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसमा आईएमई लाइफ इन्स्योरेन्सको ४ करोड कित्ता र नेपाल रिपब्लिक मिडियाको ९६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो ।

नेप्सेले आईएमई लाइफ इन्स्योरेन्सको पहिलो कारोबारको लागि १७६.७३ रुपैयाँदेखि ५२९.२९ रुपैयाँसम्मको रेन्ज तोकेको छ । नेप्सेले आइएमई लाइफलाई ‘आईएलआई’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै, नेपाल रिपब्लिक मिडियाको पहिलो कारोबारको लागि ८४.४७ रुपैयाँदेखि २५३.४१ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । नेप्सेले रिपब्लिक मिडियालाई ‘एनआरएम’ कारोबार संकेत प्रदान गरेको छ।

त्यस्तै यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्ने गरेको छ ।

योसँगै, आइतबार स्पेसल प्रि-ओपन सेसनमा यदि यी दुवै कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएमा नियमित समयका लागि कारोबारमा आउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स