काठमाडौं । बुधबार, नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ अंक विन्दुमा आइपुगेको छ ।
आज ९३ लाख ६१ हजारको कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८१ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, आरबीबी म्युचुअल फण्ड १ को ४.१४%, स्ट्यान्डर्ड चाटर्ड बैंकको ४.०३%, सिद्वार्थ इक्यूटी फण्डको ३.८९%, सिंगटी हाइड्रोको ३.८९%, सयपत्री हाइड्रोपावरको ३.८५ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै,प्रभु स्मार्ट फण्डको १०%, एनआईबिएल समृद्धि फण्ड २ को ४.५८%, सुपरमादी हाइड्रोपावरको ४.०५%, सामुदायिक लघुवित्तको ३.८३%, मल्टी प्रपोज फाइनान्सको ३.७२ प्रतिशतले सेयर मूल्य घटेको छ ।