नेप्से सामान्य अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको चौथो दिन सेयर बजारमा सामान्य अंकको वुद्वि भएको छ ।

बुधबार, नेप्से परिसूचक ९.२५ अंकले बढेर २०८६.८४ अंक विन्दुमा आइपुगेको छ ।

आज ९३ लाख ६१ हजारको कित्ता सेयर १ अर्ब ८१ करोड २४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ११७ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८१ वटा कम्पनीको घटेको छ भने १९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ११ करोड १९ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा बैंक प्रमोटर सेयरको ८ करोड ९० लाख, प्रोगेशिभ फाइनान्सको ६ करोड ९१ लाख, अपर तामाकोशीको ५ करोड ९१ लाख र सोल्टी होटलको ५ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स