आज अपर तामाकोशीसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक २८.५९ अंकले घटेर २०७७.५८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख १५ हजारको कित्ता सेयर १ अर्ब ९२ करोड ४४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपर तामाकोशीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ७४ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ७ करोड ९ लाख,सोल्टी होटलको ६ करोड २६ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ५ करोड १८ लाख र ज्योति विकास बैंकको ५ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स