टिम भेन्चर्सद्वारा फुडमाण्डुको आशिंक सेयर दुई गुणा प्रतिफल सहित हिमालयन क्यापिटललाई बिक्री

काठमाडौं । टिम भेन्चर्सले हिमालय क्यापिटल लिमिटेडलाई फुडमाण्डुमा भएको आफ्नो लगानीको आशिंक सेयर बिक्री गरेको छ ।

यसका लागि टिम भेन्चर्स, फुडमाण्डु र हिमालयन क्यापिटले सयुक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

टिम भेन्चर्स प्रा. लि. उर्जा, प्रविधि, घर जग्गा, निर्माण, स्टार्टअप, कृषि पुर्वाधार र विद्युतीय सवारी जस्ता नाफा मुलक क्षेत्रहरूमा विधिधीकरण गरी लगानी गर्ने वैकल्पिक लगानी कम्पनी हो ।

फुडमाण्डु प्रा.लि. मा टिम भेन्चर्स प्रा.लि. ले सन् २०२० मा सिरिज बि अन्तर्गतको संस्थागत लगानी गरेको थियो ।

टिम भेन्चर्सको यस रणनीतिक लगानीले फुडमाण्डुलाई ग्राहक र रेस्टुरेण्ट सहित व्यवसायको भौगोलिक विस्तारमा सहयोग पुगेको छ ।

झण्डै दुई वर्षको छोटो अवधिमै टिम भेन्चर्सले आफ्नो आशिंक लगानी दुई गुणाको प्रतिफल सहित बिक्री गर्न सफल
भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स