होटेल क्राउन इम्पेरियलले १ अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट

काठमाडौं । अर्किड होल्डिंग्स लिमिटेडले सञ्चालन गरेको होटेल क्राउन इम्पेरियल आईपीओ निष्काशन गर्ने भएको छ।

कम्पनीले १ अर्ब १५ करोड रुपैयाँबराबरको आईपीओ निष्काशन गर्न लागेको हो। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल १ करोड १५ लाख कित्ता आईपीओ बिक्री खुला गर्नेछ।

कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केटलाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा लक्ष्मी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र होटेल क्राउन इम्पेरियलको तर्फबाट प्रबन्ध सञ्चालक सुधिरमान मास्केले हस्ताक्षर गरेका छन्।

अर्किड होल्डिंग्सले २०७६ असार १३ गतेबाट काठमाडौंको रविभवनमा चारतारे होटल ‘होटेल क्राउन इम्पेरियल’ सञ्चालनमा ल्याएको हो। १३१ वटा कोठा रहेको होटेलमा लाइभ म्युजिकसहितको रेस्टुरेन्ट, रुफटप (स्काई लाउन्ज), दुईवटा बार, ब्यांक्वेट हल, जिम, स्विमिङ पुल, ५० देखि ७५ जनासम्मको २ वटा ठूला मिटिङ हल र २० देखि २५ जनासम्मको दुईवटा मिटिङ रुम र ३०० जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधाहरु रहेका छन्।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स