मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । मंगलबार बिहान बिक्री प्रबन्धक बिओके क्यापिटलले कम्पनीको सेयर बाँडफाँट गरेको हो ।

कम्पनीले श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई २ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस निष्काशनमा कुल २५ हजार २ सय १९ जनाको आवेदन परेकोमा १ जनाको आवेदन रद्द भई २५ हजार २ सय १८ जनाको आवेदन मात्र योग्य भएको छ । सबै योग्य आवेदकलाई न्युनतम १० कित्ता सेयर बाँडफाँट गर्न नपुग्ने भएकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जसमा गोलाप्रथाबाट २० हजार जनाले १० कितात्को दरले सेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् । सेयर नपरेका आवेदकले सर्वसाधारणलाई सेयर निष्काशन गर्दाको समयमा आवेदन दिन सक्ने छन् ।

त्यस्तै कम्पनीले आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई ८ लाख कित्ता सेयर निष्काशन गरेको थियो । यस निष्काशनमा ७ सय २२ जनाको आवेदन परेको छ । ७ सय २२ जना आवेदकले आफुले माग गरे बमोजिम सेयर पाएका छन् । यस हिसाबमा कुल १ लाख ८३ हजार ३ सय ८० कित्ता सेयर बाँडफाँट भएको छ । स्थानीयले खरिद नगरेको ६ लाख १६ हजार ६ सय २० कित्ता सर्वसाधारणमा निष्काशन हुने छ ।

आईपीओको नतिजा प्रकाशन भएको केही समयपछि यी ३ वेबसाइटबाट हेर्न सकिने छ।
१. बिक्री प्रबन्धक बिओके क्यापिटलको वेबसाइट https://bokcapital.com.np/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/
४.इस्टर्न हाइड्रोको वेबसाइट https://ehpl.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

मनकामना इन्जिनियरिङले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ। आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स