नेप्से सामान्य अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ५.८४ अंकले बढेर २१०६.१८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५५ लाख ३१ हजारको कित्ता सेयर १ अर्ब ८५ करोड ८० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, सोल्टी होटलको ५ करोड ४७ लाख, एशियन लाइफ इन्स्योरेन्सको ४ करोड ९१ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको ४ करोड ६१ लाख, एनआईसी एसिया बैंकको ४ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स