सेबोनले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ। सेबोनले आज सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्न लागेको हो ।

योसँगै अब बोनस पाउनको लागि लगानीकर्ता स्वयंले नै बोनसमा लाग्ने कर तिर्ने झन्झट बेहोर्नु पर्ने छैन । त्यस्तै बोर्डले धितोपत्रको दोस्रो बजारमा गैर आवासीय नेपालीहरूको लगानी खुला गर्न धितोपत्र सम्बन्धी कानुनहरूमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने घोषणा गरेको छ।

हाल केही संगठित संस्थाहरुले बोनस सेयरका लागि लगानीकर्ताहरुलाई कर तिर्न लगाउन पाउने व्यवस्था थियो। धेरै संगठित संस्थाले भने लाभांश घोषणा गर्दा कर प्रयोजनका लागि रकम छुट्याउँदै आएका थिए।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स