काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ ।
आइतबार, नेप्से परिसूचक २६.१४ अंकले घटेर २१००.३४ अंक विन्दुमा आइपुगेको छ ।
आज ६८ लाख ६० हजारको कित्ता सेयर २ अर्ब ५० करोड २८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, सोल्टी होटलको ११ करोड ९९ लाख, एभरेष्ट बैंकको १० करोड २० लाख, हिमालयन डेष्टिलरीको ६ करोड ५ लाख,सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ५ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।