नेप्सेमा दुई लघुवित्त सहित तीन कम्पनीको साढे ४४ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई लघुवित्त सहित तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । गत साता तीन कम्पनीको कुल ४४ लाख ३५ हजार ५३७.४७२ कित्ता सेयर सूचीकृत भएको हो ।

साउन ८ गतेदेखि साउन १० गतेसम्म नेशनल लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।

जसअनुसार, सोमबार, नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत दरका कुल ३७ लाख १२ हजार ३ सय ४५.५० कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।

मंगलबार, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ४.७५ प्रतिशत दरका कुल ६७ हजार ३ सय २९.११ कित्ता कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, बुधबार, एनएमबि लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत दरका कुल ६ लाख ५५ हजार ८६२.८६२ कित्ता सेयर सूचीकृत भएको छ ।

सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स