नेप्सेद्वारा थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान, कसलाई कुन नम्बर ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले थप ७ वटा नयाँ ब्रोकरलाई कारोबार सदस्यता प्रदान गरेको छ। शुक्रबार नेप्सेले थप ७ वटा कम्पनीलाई ब्रोकर सदस्यता प्रदान गरेको हो ।

एलिट स्टक हाउस लिमिटेड, इन्डेक्स सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, शुभकामना सेक्युरिटिज, हातेमालो फाइनान्सियल सर्भिसेस, मनी वर्ल्ड सेयर एक्सचेन्ज र कलश सेक्युरिटिज कारोबार सदस्यता प्रदान गरेको हो।

जसमा एलिट स्टक हाउस लिमिटेड ब्रोकर नम्बर ६८, इन्डेक्स सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ६९, इन्फिनिटी सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७०, शुभकामना सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ७१, हातेमालो फाइनान्सियल सर्भिसेस प्रालि ब्रोकर नम्बर ७२ , मनि वल्ड शेयर एक्सचेन्ज प्रालि ब्रोकर नम्बर ७३ र कलश सेक्युरिटिज प्रालि ब्रोकर नम्बर ७४ रहेका छन् ।

योसँगै कारोबार सदस्यता पाउने नयाँ ब्रोकरको संख्या १४ पुगेको छ। यसअघि नयाँ ७ वटा ब्रोकरले नेप्सेबाट कारोबार सदस्यता पाएका थिए।

पहिलो चरणमा कारोबार सदस्यता पाएका ७ वटा ब्रोकर कम्पनीले कारोबार सञ्चालन गरिसकेका छन्।

नेप्सेमा अझै ३ वटा कम्पनी कारोबार सदस्यता अनुमतिको पर्खाइमा छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स