साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन पनि सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बिहीबार, नेप्से परिसूचक २९.११ अंकले घटेर २१२६.४८ अंक विन्दुमा आइपुगेको छ ।

आज ६२ लाख ७१ हजारको कित्ता सेयर २ अर्ब ४२ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९३ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ३६ लाख, प्रोग्रेशिभ फाइनान्सको ६ करोड ८० लाख, नेपाल रि इन्स्योरेन्सको ६ करोड ११ लाख र एभरेष्ट बैंकको ६ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स