अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेको हो ।

कम्पनीले १ लाख ९८ हजार ८२४ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो ।

कम्पनीले साउन १८ गतेदेखि आयोजना प्रभाविन क्षेत्रका बासिन्दाहरूका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको कुल १९ लाख ५३ हजार २७९ कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ।

यसरी हेर्नुस् नतिजाः
१. बिक्री प्रबन्धकको वेबसाइटः https://www.nicasiacapital.com/

२.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइटः iporesult.cdsc.com.np/ 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स