यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ७३ लाख ९९ हजारको कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, किसान लघुवित्तको ६.९६%, ग्रीन डेभलपमेन्ट बैंकको ६.५८%, बाराही हाइड्रोपावरको ३.४०%, वरुण हाइड्रोपावरको २.७९%, विशाल बजारको २.६२ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, जाल्पा सामुदायिक लघुवित्तको ६.४९%, युनिलिभर नेपालको ६.३३%, सिटिजन्स म्युचुअल फण्ड १को ५.४८%, सिर्जनशील लघुवित्तको ५.३१%, पिपल्स पावर कम्पनीको ४.४६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स