यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक ८.११ अंकले घटेर २१५६.२० अंक विन्दुमा आइपुगेको छ ।

आज ७३ लाख ९९ हजारको कित्ता सेयर २ अर्ब ४३ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ६७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४१ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, ग्लोबल आईएमई बैंक प्रमोटर सेयरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ९ करोड ४९ लाख, नेपाल रि इन्स्योरेन्सको ८ करोड ९३ हजार, हिमालयन लाइफ इन्स्योरेन्सको ६ करोड ९७ लाख र एभरेष्ट बैंकको ६ करोड ८९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स