यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ७७ लाख १६ हजारको कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७६ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, किसान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । सिटी होटलको ७.७४%, रिभर फल्स पावरको ६.३१%, युनिलिभर नेपालको ५.९०%, गणपति लघुवित्तको ३.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, नबिल डिभेञ्चर २०८५ को ६.८७%, बिपिडब्लु लघुवित्तको ५.२३%, सानिमा डिभेन्चरको ५%, सिटिजन्स बैंकको ४.९०%,माउन्टेन इनर्जीको ४.८५ प्रतिशतले सेयरमूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स