करिब ३ अर्बको कारोबार हुँदा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक ३६.१९ अंकले घटेर २१६४.३१ अंक विन्दुमा आइपुगेको छ ।

आज ७७ लाख १६ हजारको कित्ता सेयर २ अर्ब ९१ करोड ७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७६ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १५ करोड २७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको १० करोड ३९ लाख, ग्लोबल आईएमई बैंकको ७ करोड ८२ लाख, एभरेष्ट बैंकको ७ करोड ६२ लाख र कुमारी बैंकको ७ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स