काठमाडौं । सोमबार, नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० अंक विन्दुमा आइपुगेको छ ।
आज २ करोड ९ लाखको कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, किसान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । नेपाल रि इन्स्योरेन्सको ५.७०%, वाराही हाइड्रोपावरको ४.७१%, ग्लोबल आइएमई बैंकको ३.८६% र बिपिडब्लु लघुवित्तको ३.६६ प्रतिशतले सेयरमूल्य बढेको छ ।
त्यस्तै, एनआइबिएल ग्रोथ फण्डको ६.९३%, लिबर्टी इनर्जीको ६.२५%, बिशाल बजारको ५.३३%, कर्पोरेट विकास बैंकको ५.१०% र स्वरोजगार लघुवित्तको ५ प्रतिशतले सेयरमूल्य घटेको छ ।