नेपाल रि इन्स्योरेन्ससहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० अंक विन्दुमा आइपुगेको छ ।

आज २ करोड ९ लाखको कित्ता सेयर ४ अर्ब ७३ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ५० वटा कम्पनीको सेयर मूल्य बढ्दा १६३ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, नेपाल रि इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २५ करोड ४५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको १८ करोड ६५ लाख, प्रभु बैंकको १ करोड ५० लाख, शिवम् सिमेन्ट्सको १ करोड ३२ लाख र कुमारी बैंकको १ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स