काठमाडौं । आइतबार, नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २० लाखको कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, किसान लघुवित्त र चन्द्रागिरी हिल्समा १०%, लिबर्टी इनर्जीमा ९.९७ प्रतिशतले सकरात्मक सर्किट लागेको छ ।
स्वरोजगार लघुवित्तको ९.८९%, ग्लोबल आईएमई बैंकको ९.३२ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, एनआईबिएल ग्रोथ फण्डको १०%, नेपाल बैंक डिभेन्चर २०८७को ५.८६%, बिपिडब्लु लघुवित्तको ४.६८%, सिटिजन्स म्युचुअल फण्डको ३.९६%, शुभम् पावरको ३.१५ प्रतिशतले सेयरमूल्य घटेको छ ।