काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक ६३.२४ अंकले बढेर २२२७.१६ अंक विन्दुमा आइपुगेको छ ।
आज १ करोड २० लाखको कित्ता सेयर ४ अर्ब ३७ करोड ५१ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १९९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ८१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, ज्योति विकास बैंकको १३ करोड ७७ लाख, ग्लोबल आईएमई बैंकको १२ करोड ३७ लाख, एनआईसी एसिया बैंकको ११ करोड १२ लाख र हिमालयन डेष्टिलरीको ११ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।