नयाँ मौद्रिक नीतिः अब सेयर कर्जाको भर ब्रोकरले दिने मार्जिन कारोबारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर कर्जाको जसअपजस नलिने भएको छ । बैंकले आज सार्वजनिक गर्ने मौद्रिक नीतिमार्फत बैंकबाट लिने सेयर धितोकर्जाको व्यवस्थालाई हटाएर ब्रोकरसँगै नै कर्जा लिएर मार्जिन ट्रेड गर्न लगाउने नीति अघि सारेको हो ।

नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेड गराउनको लागि मार्जिन कारोबार सम्बन्धी निर्देशिका लागू गरिसकेको छ । धेरै देशले यहि नीति अनुरुप सेयर कारोबार पनि गर्दै आएका छन् । सोहीअनुरुप राष्ट्र बैंकले पनि मार्जिन कारोबार नीति लिने गरी बजारलाई आजाद गराइदिन लागेको हो । यसो गर्दा राष्ट्र बैंकले यसको जस तथा अपजस खेप्नु पर्दैन । सेयर कारोबारीले मार्जिन लोन लिएर सहजै कारोबार गर्न सक्नेछन् । मार्जिन लोन भनेको आफ्नो पोटफोलियोको आधारमा ब्रोकरले हालिदिने पैसा हो ।

मार्जिन ट्रेडिङ भनेको मार्जिनमा पनि सेयर कारोबार गर्न सकिन्छ भनेर सुरु गर्न लागेका हौं । जस्तो मसँग ५०,००० रुपैयाँ छ र सेयर कारोबार गर्न मलाई कम्तिमा हजार रुपैयाँ चाहिन्छ भने मैले सेयर कारोबार गर्न नसक्ने भएँ । यसको लागि मलाई थप ५०,००० रुपैयाँ चाहिने भयो ।

यो ५०,००० रुपैयाँ मलाई मार्जिन लोन चाहियो । यस्तो अवस्थामा मैले ५०,००० रुपैयाँ हाल्छु र सेयर ब्रोकरले मलाई ५०,००० रुपैयाँ हालिदिन्छ । हो त्यहि ब्रोकरले हालेको ५०,००० रुपैयाँ मार्जिन लोन भयो । यसो हुँदा सेयर कारोबारीले १ लाख रुपैयाँको मार्जिन कारोबार (ट्रेड) गर्न सक्ने भएँ । सेबोनले जारी गरेको मार्जिन ट्रेड सम्बन्धि निर्देशिकाको मूल मर्म, आशय वा उद्देश्य यही हो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स