कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुँदै, भाग्यमानी एक जनाले ११ कित्ता सेयर पाउने

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कम्पनीको आईपीओ भोलि साउन ७ गते बिहान ९ बजे एनएमबिसीएल कार्यालय परिसरमा बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका छन् । यो परेको आवेदन मागभन्दा ११७.५४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेको हुँदा गोलाप्रथाबाट बाँडफाँट हुनेछ । जसमा १० हजार ११५ जनाले १०/१० कित्ताका दरले सेयर पाउने छन् । सोहि मध्य एक जनाले थप एक कित्ता गरी ११ कित्ता पाउनेछ । बाँकी १० लाख ९८ हजार ११७ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले असार २६ गतेदेखि असार २९ गतेसम्म सर्वसाधारणका लागि १०० अंकित मूल्यमा १ लाख १ हजार १ सय ५१ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

त्यस्तै, २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०।९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागगत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स