ब्रोकर लाइसेन्स दिन सर्घष गर्नुपरेको सेबोन अध्यक्ष हमालको भनाइ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले ब्रोकर लाइसेन्सको लागि यति धेरै सर्घष गर्नुपर्छ भनेर आफूले नसोचेको बताएका छन् । । नयाँ स्टक ब्रोकर क्यापिटल म्याक्स सेक्युरिटिज (६२) को औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै शुक्रबार उनले उक्त कुरा बताएका हुन् । उनले भने, ‘ब्रोकर लाइसेन्स दिन यति धेरै संघर्ष गर्नुपर्छ भन्ने मैले सोचेको थिइन ।’

ब्रोकर लाइसेन्स वितरणमा निकै झमेला व्यहोर्नुपरेको उनले संकेत गरेका हुन् । यसमा हाम्रो फाइदा भनेको अलि बढी जागुरुक र चेतनशील नागरिक बनाउने नै हो, अध्यक्ष हमालले भने ।
धितोपत्र बजारमा पनि सेवाको विस्तार, लागतमा कमी गर्नुपर्ने अवस्था छ, यसका लागि प्रतिस्पर्धा अनिवार्य छ, उनले भने ‘नयाँ ब्रोकर लाइसेन्स पाउने साथीहरुको काँधमा ठूलो चुनौती रहेको छ ।

तपाईंहरुले जनता र लगानीकर्तालाई दिने सेवा सुविधा र प्रविधि अत्याधुनिक हुनुपर्छ ।’, उनले भने ‘सेवा प्रभावकारी हुनुपर्छ । यसैका लागि नयाँ ब्रोकर लाइसेन्स दिनुपरेको हो ।’ तर अब पनि नयाँ ब्रोकरहरुबाट सेवा सुविधा राम्रो नभएको गुनासो आयो भने त्यो दुर्भाग्यपूर्ण हुने भन्दै यस्ता गुनासा सुन्न नपरोस् भन्दै ध्यानाकर्षणसमेत गराए ।

२९ वटाले पूर्वाधार तयार गरेर लाइसेन्स पाइसकेका छन् । सबै प्रक्रिया पूरा गरेकालाई लाइसेन्स दिन १ घन्टा पनि ढिलाई नहुने उनले बताए । नेप्सेलाई पनि सबै प्रक्रिया पूरा गरेका ब्रोकरहरुलाई तुरुन्त अनुमति दिन उनले आग्रह गरे ।

लगानीकर्ताको विश्वास जित्न सक्ने, नयाँ सेवा र प्रडक्ट दिन सक्नेले बजार जमाउन सक्ने उनको भनाइ छ । ब्रोकर कमिसन घटाउनका लागि धितोपत्र बोर्ड निकै संवेदनशील रहेको उनले बताए । समय क्रमसँगै यो काम गरिने उनले बताए । पुँजी बजार सुधारका लागि राष्ट्र बैंकका गभर्नरसँग बारम्बार कुरा भएको र आगामी मौद्रिक नीतिमार्फत गभर्नरले केही सकारात्मक कदम चाल्नेमा आफू आशावादी रहेको अध्यक्ष हमालले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स