काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको करिब साढे ३ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बिहीबार, हिमालयन लघुवित्त वित्तिय संस्था लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।
जसमा, लघुवित्तको ११ प्रतिशत दरका कुल ३ लाख १६ हजार ९३६.८९ कित्ता सेयर सूचीकृत भएको छ ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।