नेप्से ११ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । सेयर बजारमा हरियाली छाउने क्रम जारी रहेको छ।

बुधबार, नेप्से परिसूचक ११.१७ अंकले बढेर २१६५.२४ अंक विन्दुमा आइपुगेको छ ।

आज ८६ लाख ७४ हजारको कित्ता सेयर ३ अर्ब ३४ करोड ८६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ७३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३१ वटा कम्पनीको घटेको छ भने १३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनाइटेड अजोड इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २३ करोड ५७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एसिया बैंकको १४ करोड ७० लाख, शिवम् सिमेन्ट्सको १३ करोड ८८ लाख, फष्र्ट माइक्रो फाइनान्स लघुवित्तको ८ करोड ६७ लाख र हिमालयन लाइफ इन्स्योरेन्सको ८ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स