युनिलिभरको सेयर हालसम्मकै महँगो, प्रतिकित्ताको ३६ हजार ३ सय रुपैयाँ

काठमाडौं । युनिलिभर नेपालको सेयर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज उक्त कम्पनीको सेयर बन्द हुँदा प्रतिकित्ता सेयरको मूल्य ३६ हजार ३०० रुपैयाँ पुगेको छ ।

मंगलबार एकैदिन युनिलिभर नेपालको सेयर ८.३९ प्रतिशत अर्थात २ हजार ८११ रुपैयाँले बढेको छ । यसदिन युनिलिभरको सेयर न्यूनतम ३२ हजार ८१९ रुपैयाँ ३० पैसादेखि अधिकतम ३६ हजार ४९९ रुपैयाँ ३० पैसासम्म खरिदबिक्री भएको छ ।

यसअघि कम्पनीको सेयर जेठ २९ (जुन १२ तारिक) मा प्रतिकित्ता सेयर ३४ हजार ३९९ रुपैयाँमा क्लोजिङ हुँदा नयाँ रेकर्ड तोडेको थियो । युनिलिभरको सेयर भाउले गत जेठ ३० गते जुन १३ तारिकमा इन्ट्राडे कारोबारमा प्रतिकित्ता ३७ हजार ८३८ रुपैयाँको अल टाइम हाई विन्दु छोएको थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स