काठमाडौं । साताको तेस्रो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।
मंगलबार, नेप्से परिसूचक ९.९१ अंकले बढेर २१५४.०७ अंक विन्दुमा आइपुगेको छ ।
आज ८६ लाख ७६ हजारको कित्ता सेयर ३ अर्ब ५४ करोड ८८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, स्वाबलम्बन लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ७७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १७ करोड ९८ लाख, हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६३ लाख, सिद्वार्थ प्रिमियर इन्स्योरेन्सको ११ करोड ६६ लाख र एशियन लाइफ इन्स्योरेन्सको १० करोड २३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।