नेप्से ४७ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ ।

सोमबार, नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ अंक विन्दुमा आइपुगेको छ ।

आज ७६ लाख ३४ हजारको कित्ता सेयर २ अर्ब ५६ करोड १ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २०० वटा कम्पनीको सेयर मूल्य बढ्दा १३ वटा कम्पनीको घटेको छ भने १४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १० करोड ८४ लाख, साइन रेस्ंगाको ७ करोड ७५ लाख, सोल्टी होटलको ७ करोड ७३ लाख, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स