काठमाडौं । घोराही सिमेन्टको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको आईपीओ आज दिउँसो नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा बाँडफाँट भएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ६ लाख ७३ हजार ८३९ जना आवेदकबाट ११ अर्ब ५ करोड ७८ लाख ३९ हजार २०० रुपैयाँ बराबरको २ करोड ५४ लाख २० हजार ३२० कित्ता सेयरको लागि आवेदन परेको थियो । जुन सर्वसाधारणलाई निष्काशन गरेको कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयरको ३।६७ गुणा बढी हो ।
क्यापिटलका अनुसार १० कित्तादेखि ७० कित्तासम्म सेयर माग गरेका ५ लाख ५३ हजार ४४ जनालाई मागबमोजम सेयर बाँडफाँट गरिएको छ। जसअनुसार उनीहरुलाई कुल ६५ लाख ७८ हजार ७७० कित्ता बाँडफाँट गरिएको छ।
यसैगरी ८० कित्तादेखि ३० हजार कित्तासम्म सेयर माग गर्ने ४ हजार ६५७ आवेदकलाई ७० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ। उनीहरुले कुल ३ लाख २५ हजार ९९० कित्ता बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ।
क्यापिटलका अनुसार ८० कित्तादेखि ३ हजार कित्तासम्म सेयर माग गर्ने तिनै आवेदनकमध्ये ६९१ जनालाई भने थप १० कित्ताका दरले ६ हजार ९१० कित्ता बाँडफाँट गरिएको छ।
कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो । नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुनस् खुला भएको थियो ।
कम्पनीको आईपीओको नतिजा प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिने छ ।
१.बिक्री प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट : https://himalayancapital.com/,
२.बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/,
३. सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login
४. सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/
मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।