नेप्से १२ अंकले बढ्दा यस्ता छन् आज सर्वाधिक सेयर खरिदबिक्री हुने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन सेयर बजार सामान्य अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १२.१६ अंकले बढेर २०९७.०९ अंक विन्दुमा आइपुगेको छ ।

आज ७१ लाख ८४ हजारको कित्ता सेयर २ अर्ब ३७ करोड ६४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९३ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, शिवम् सिमेन्ट्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १९ करोड १३ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको १५ करोड ६९ लाख, माउन्टेन इनर्जीको ९ करोड ८४ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्स प्रमोटरको ७ करोड ६२ लाख, एशियन लाइफ इन्स्योरेन्सको ७ करोड ५९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स