कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा १ अर्ब १८ करोडको पर्यो आवेदन, मागभन्दा ११७.५४ गुणा बढी

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा १ अर्ब १८ करोड ९० लाख ६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन (असार २९ गते) साँझ ५ः०५ बजेसम्ममा ११ लाख ८ हजार २३२ जनाले १ करोड १८ लाख ९० हजार ६० कित्ताका लागि आवेदन दिएका छन् ।

यो परेको आवेदन मागभन्दा ११७.५४ गुणा बढी आवेदन हो ।कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । गोलाप्रथाबाट बाँडफाँट गर्ने क्रममा १० हजार ११५ जनाले १० कित्ताका दरले आइपीओ हात पार्नेछन् ।

बाँकी १० लाख ९८ हजार ११७ जनाको भने हात खाली हुनेछ । कम्पनीले असार २६ गतेदेखि १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता सेयर निष्कासन खुला गरेको हो । यो मध्ये १० प्रतिशत अर्थात् १२ हजार १८६ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन भइसकेको छ ।

५ प्रतित (६ हजार ९३ कित्ता) सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् २ हजार ४३७ कित्ता कर्मचारीलाई छुट्याइएको थियो । बाँकी १ लाख १ हजार १५१ सय कित्तामा सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था थियो ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स