कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा तेस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा तेस्रो दिनसम्म ९०.७३ गुणा बढी आवेदन परेको छ ।

बिहीबार साँझ ५ः११ बजेसम्ममा ८ लाख ५० हजार ६९१ जना आवेदकबाट ९१ करोड ७८ लाख १२ हजार रुपैयाँ बराबरको ९१ लाख ७८ हजार १२० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता सेयरको ९०.७३ गुणा बढी हो ।

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि १ लाख १ हजार १ सय ५१ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

त्यस्तै, २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकोले लगानीकर्ताले असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागगत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स