कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा दोस्रो दिनसम्म कति पर्यो आवेदन ?

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म ६३.६८ गुणा बढी आवेदन परेको छ ।

बुधबार साँझ ५ः११ बजेसम्ममा ५ लाख ९४ हजार २८ जना आवेदकबाट ६४ करोड ४२ लाख २६ हजार रुपैयाँ बराबरको ६४ लाख ४२ हजार २६० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्काशन गरेको १ लाख १ हजार १५१ कित्ता सेयरको ६३.६८ गुणा बढी हो ।

कम्पनीले असार २६ गतेदेखि सर्वसाधारणका लागि १ लाख १ हजार १ सय ५१ कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

त्यस्तै, २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेकोले लगानीकर्ताले असार २९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०।९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागगत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स