काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ ।
मंगलबार, नेप्से परिसूचक ४.७३ अंकले घटेर २०७२.२४ अंक विन्दुमा आइपुगेको छ ।
आज ७९ लाख ८८ हजारको कित्ता सेयर २ अर्ब ८५ करोड ९४ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ७९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १३८ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १२ करोड ७८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १२ करोड ५४ लाख, सोल्टी होटलको १० करोड ६७ लाख, साइन रेसुंगाको ६ करोड ६१ लाख, मन्जु श्री फाइनान्सको ६ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।