जोशी हाईडोपावर डेभलपमेण्टले हकप्रद सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

काठमाडौं । जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा असार २५ गतेको दिन कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष गंगा प्रसाद जोशी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
काठमाडौमा रजिष्टर्ड कार्यालय रहेको यस जोशी हाईडोपावर डेभलपमेण्ट कम्पनीको हालको चुक्ता पुँजी ३७ करोड १४ लाखको प्रति सेयर अंकित रु १०० को दरले १ कित्ता सेयरको ०.६५ प्रतिशत को अनुपातमा २४,१४,१०० कित्ता हकप्रद सेयर निकाष्शन गर्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स