भोलिबाट सर्वसाधारणले कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । भोलिबाट कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि असार २६ गतेदेखि सर्वसाधारणका लागि १ लाख १ हजार १ सय ५१ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५०० रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड २१ लाख ८६ हजार ७०० रुपैयाँबराबर अर्थात १०० रुपैयाँ अंकित दरका कुल १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो। त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई र ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ।

ग्यस्तै, २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी १ लाख १ हजार १५१ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले छिटोमा असार २९ गते र ढिलोमा असार साउन ९ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागगत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स