यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा करेक्सन भएको छ ।

सोमबार, नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ११ लाख ८२ हजारको कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११२ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, रावा इनर्जी डेभलपमेन्ट पावरमा ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । गुह्रश्वरी मर्चेन्ट बैंकको ७.२३%, श्वेत गंगाको ६.७९%, अरुण काबेलीको ६.५४%, नेपाल फाइनान्सको ६.३६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, हिमालयन हाइड्रोपावरको ६.३४%, सिटी होटलको ६.२६%, सिद्धार्थ इक्युटी फण्डको ५.८०%, सुपरमादी हाइड्रोपावरको ५.०७%, बाराही हाइड्रोपावरको ४.७६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स