आज सोल्टी होटलसहित यी कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा करेक्सन भएको छ ।

सोमबार, नेप्से परिसूचक ०.८० अंकले घटेर २०७६.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज १ करोड ११ लाख ८२ हजारको कित्ता सेयर ३ अर्ब ७९ करोड ७९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११२ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सोल्टी होटलको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ३३ करोड १२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ९१ लाख, प्रभु बैंक प्रमोटर सेयरको २४ करोड ८९ लाख, शिवम् सिमेन्ट्सको १५ करोड ९१ लाख, सिटी होटलको ९ करोड १ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स