काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज ८३ लाख ५२ हजारको कित्ता सेयर ३ अर्ब ४ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, रावा इनर्जी डेभलपमेन्टमा ९.९८ प्रतिशतले सकारात्मक सर्किट लागेको छ । सिटी होटलको ९.५१%, प्रभु बैंकको डिभेन्चर २०८४ को ८.२२%, सनराइज बैंकको डिभेन्चर २०८३को ८.२१%, सिटिजन म्युचअल फण्डको ८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, अप्पर तामाकोशी हाइड्रोपावरको ६.६५%, बिपिडब्लु लघुवित्तको ४.४३%, लिबर्टी इनर्जी कम्पनीको ३.६०%, जोशी हाइड्रोपावरको ३.४९%, पिपल्स् पावरको २.९९ प्रतिशतले सेयरमूल्य घटेको छ ।