काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।
आइतबार, नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ अंक विन्दुमा आइपुगेको छ ।
आज ८३ लाख ५२ हजारको कित्ता सेयर ३ अर्ब ४ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १६८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५० वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १८ करोड ६० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको १६ करोड ३६ लाख, सोल्टी होटलको १४ करोड ८ लाख, अरुण काबेलीको १२ करोड १ लाख, उपर तामाकोसीका े१० करोड ६२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।