भोलिबाट भगवति हाईड्रोपावरको आईपीओमा आवेदन दिन सकिने

काठमाडौं । भोलिबाट भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले असार २४ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले भोलि असार २४ गतेदेखि आयोजना प्रभावित कास्की जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ७२ लाख ६ हजार ५ सय रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री खुला गर्नेछ ।

कम्पनीले ५ लाख ७२ हजार ६५ कित्ता सेयर आयोजना प्रभावित कास्की जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गर्ने छ। यस निष्काशनमा पोखरा महानगरपालिकाका वडाहरु १३, १४ , १६ र २७ का स्थानीयले आवेदन दिन सक्ने छन् । यी वडा हरु साविकको पोखरा उप महानगरको वडा १३,१४,१८ र २२ तथा साविकको लेखनाथ नगरपालिकाको वडाहरु २,३,४,५,६ र ७ वटा हरु हुन् । त्यस्तै श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई ८५ हजार ८ सय १० कित्ता सेयर निष्काशन हुने छ ।

कम्पनीले प्रिमियम मूल्य अर्थात् सेयरको अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरि प्रति कित्ता ११६ रुपैयाँमा सेयर निष्काशन गर्न लागेको हो। स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

स्थानीयले छिटोमा साउन ७ गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा साउन २२ गतेसम्म आवेदन दिन सक्ने छन् । श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकले भने साउन ७ गतेसम्म मात्र आवेदन दिन सकने छन् । सेयर निष्काशनको लागि सिद्धार्थ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई सेयर निष्काशन गरि बाँडफाँट गरेपछि कम्पनीले सर्बसाधारणलाई सेयर निष्काशन गर्ने छ । यस कम्पनीले कास्कीमा ४.५ मेगावाट क्षमताको विजयपुर १ साना हाइड्रोपावर आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ । यस अयोजनाले २०६९ भदौ ५ देखि व्यावसायिक रुपमा बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स