अपर स्यांगे हाईड्रोपावरको आईपीओ बाँडफाँट, २ हजार ३९९ जनाको आवेदन रद्द, यसरी हेर्नुस् नतिजा

काठमाडौं । अपर स्यांगे हाईड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान सेयर बाँडफाँट गरेको हो।

कम्पनीको आईपीओमा कुल १२ लाख ४ सय ७६ जना आवेदकबाट कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको क्यापिटलले जनाएको छ । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको छ भने २३९९ जनाको आवेदन रद्द भएको छ ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट गरिएको छ । जस अनुसार ५३ हजार ९ सय ५० जनाले मात्र १० कित्ताको दरले सेयर पाएका छन् ।

कम्पनीले सर्वसाधारणलाई असार १० देखि असार १३ गतेसम्म आईपीओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ५ लाख ३९ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो ।

कम्पनीले लमजुङ जिल्लाको मस्र्यांगदी गा.पा. वडा नं. ४, स्यांगे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ।

कम्पनीको आईपीओको नतिजा प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिने छ ।
१.बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट :www.siddharthacapital.com/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट: meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट: iporesult.cdsc.com.np/

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स