३ कम्पनीमा सर्किट लाग्दा यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ०.०६ अंकले घटेर २०४९.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ९७ लाख ५१ हजारको कित्ता सेयर ३ अर्ब ७ करोड ७४ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ९० वटा कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको ९.९९%, अपर तामाकोशी हाइड्रोपावरको ९.८५ प्रतिशतले सकरात्मक सर्किट लागेको छ । जोशी हाईड्रोपावरको ९.३३%, पिपुल्स पावरको ७.६३ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, मोदी इनर्जीको १०%, अरुण भ्याली हाइड्रोपावरको ५.६७%, सिनर्जी पावरको ४.६२%, बिपीडब्लु लघुवित्तको ४.३०% र कालिका पावरको ३.९२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स